अमेरिकी सहयोगमा लायन्स रक्तसञ्चार केन्द्रलाई अत्याधुनिक रक्त विकिरण उपकरण
नेपालमा सुरक्षित रक्तसञ्चार सेवा विस्तार तथा बिरामीको उपचारलाई थप प्रभावकारी बनाउने उद्देश्यले अमेरिकाले त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रलाई अत्याधुनिक एक्स–रे रक्त विकिरण उपकरण उपलब्ध गराएको छ। नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी राष्ट्रिय आणविक सुरक्षा प्रशासनको सहयोगमा उक्त उपकरण केन्द्रलाई हस्तान्तरण गरेको हो।