SHARE
पर्दाफास · बिहीबार ११ मंिर २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावितलाई अमेरिकाको निरन्तर सहयोग, पुनर्लाभका लागि ३ करोड ६० लाख डलर दिने प्रतिबद्धता

अमेरिकाले गत भदौमा भोटेकोसीमा आएको बाढीबाट प्रभावित समुदायको उद्धार, पुनर्लाभ तथा नेपालको स्वास्थ्य सुरक्षा सुदृढीकरणका लागि सहयोग जारी राखेको छ। अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेसेकर र नेपालका लागि युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गासँग भेट गरी बाढीपछिको पुनर्लाभ, मानवीय सहायता र स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमबारे छलफल गरेकी छन्।