SHARE
पर्दाफास · बिहीबार ११ मंिर २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनबाटै मतदानको अधिकार दिन नैनसिंह महरको माग

नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनबाटै मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । आज धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै महरले रेमिटेन्समार्फत नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका नेपालीलाई राजनीतिक अधिकारबाट वञ्चित गर्नु अन्यायपूर्ण भएको बताए ।