भोटेकोशी बाढीमा श्रीमान् गुमाएकी सुत्केरीलाई सरकारको सहारा, छोरी १८ वर्ष नपुग्दासम्म मासिक भत्ता १७ हजार ५०० दिने
भोटेकोशीमा आएको बाढीका कारण श्रीमान् गुमाएकी रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीकी २९ वर्षीया सुत्केरी महिला र उनकी नवजात छोरीका लागि नेपाल सरकारले दीर्घकालीन स्याहार तथा संरक्षण कार्यक्रम सुरु गरेको छ ।