१० औं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा गण्डकीलाई हराउँदै आर्मीको विजयी सुरुवात
काठमाडौं : १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशलाई ६७ रनले हराउँदै त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। सुर्खेतको विरेन्द्रनगरस्थित कालिन्चोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले ९ विकेटको क्षतीमा १७७ रन बनाएको थियो। आर्मीले दिएको १७८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश १७ ओभरमा ११० रन बनाउँदै अलआउट भएको हो। गण्डकी प्रदेशको लागि ओपनर इश्वर श्रेत्रीले सर्वाधिक २६ रन बनाए। अर्का ओपनर सोहेल कुँवरले २२ रन बनाए।