SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

शिक्षा क्षेत्रमा गण्डकी प्रदेशकै उत्कृष्ट बन्यो स्याङ्जाको फेदीखोला

स्याङ्जा : शैक्षिक कार्यसम्पादनमा स्याङ्जाको फेदीखोला गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट घोषित भई पुरस्कृत भएको छ। गण्डकी प्रदेशका ८५ वटा स्थानीय पालिकामध्ये फेदीखोलाले उत्कृष्ट स्थान बनाउन सफल भएको छ। प्रधानाध्यापक संघ नेपालले धनुषाको जनकपुरधाममा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनका अवसर पारेर नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीलाई सम्मान गरेका छन्।