प्रधानमन्त्रीको भारत भ्रमणबारे भीम रावल : स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्ति दोहोरियो
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सत्ता स्वार्थका लागि विगतमा लम्पसार पर्ने प्रवृत्ति दोहोरिएको टिप्पणी गरेका छन्।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा देशको हितविपरीत सम्झौता भएको आरोप लगाए। उनले सत्ता स्वार्थका लागि विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति विगतको जस्तै दोहोरिएको टिप्पणी गरेका हुन्।