कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई
काठमाण्डु – कोशी प्रदेशमा प्रदेश प्रमुखको पद रिक्त रहेकाले प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि मधेश प्रदेशका प्रदेश प्रमुखलाई कोशी प्रदेश प्रमुखको कार्यभारसमेत तोकिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुखलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन् ।