आइजनकोटको पक्षमा थपिए ७ सांसद, बढ्यो नेतन्याहूको सत्ता ढल्ने जोखिम
तेलअभिभ – इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्ता संकटमा परेको छ । पूर्वसैन्य प्रमुख गादी आइजनकोटले विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउँदै नयाँ सरकार गठनको पहल तीव्र पारेपछि नेतन्याहू नेतृत्वको सरकार ढल्ने सम्भावना बढेको हो । आइजनकोटले दक्षिणपन्थी नेता एविगडोर लिबरम्यानको साथ पाएका छन् । लिबरम्यान नेतृत्वको यिसराइल बेतेनु पार्टीका संसद्मा ७ सांसद छन् ।