दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीको पहिलो जित, सुदूरपश्चिम ६ विकेटले पराजित
सुर्खेत- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ। बिहीबार कालुञ्चोक मैदानमा भएको उद्घाटन खेलमा कर्णालीले छिमेकी प्रदेश सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै घरेलु मैदानमा सुखद सुरुवात गरेको हो। अन्य खेल विधामा अपेक्षाकृत कमजोर प्रदर्शन गरिरहेको कर्णालीले पुरुष क्रिकेटमा भने जित निकाल्दै घरेलु दर्शकलाई पहिलो खुसी दिएको छ।