इजिप्टमा भीषण सडक दुर्घटनापछि आगलागी हुँदा ३१ जनाको मृत्यु, २१ घाइते
काठमाडौं: इजिप्टको राजधानी कायरोमा बुधबार साँझ भएको एक भीषण सडक दुर्घटनापछि आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्।इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार राजमार्गमा एक इन्धन ट्याङ्कर दुर्घटनाग्रस्त भएपछि आगो दन्किएको थियो। उक्त आगलागीमा परेर वरपर रहेका कैयौं सवारी साधनसमेत जलेर पूर्ण रूपमा नष्ट भएका छन्।कायरोको वर्राक क्षेत्रस्थित रिङरोडमा उक्त दुर्घटना भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण