SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ १०:०० AM · 1 मिनेट पढाइ

लगानी सुरक्षाको प्रत्याभूति भएमात्रै भारतीय पुँजी विस्तार :  महासंघ

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले नेपालमा अपेक्षा—अनुसार भारतीय लगानी विस्तार हुन नसकेको औंल्याउँदै नीतिगत स्थिरता, लगानी सुरक्षाको प्रत्याभूति र प्रतिफल फिर्ताको सहज व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।प्रधानमन्त्री वालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका सहमति र समझदारीको प्रभावकारी कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै महासंघले निजी क्षेत्रलाई आर्थिक साझेदारीको मुख्य साझेदारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएको हो।