SHARE
पर्दाफास · मङगलबार ९ मंिर २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

आनि छोइङको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले नियुक्ति कानुनसम्मत नभएको दाबीसहित सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।