SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

आँगनमा खेलिरहेकी किशोरीलाई चितुवाले लग्यो, शव घरदेखि ३ सय मिटर टाढा भेटियो

काठमाण्डु– बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार सोमबार साँझ आँगनमा खेलिरहेका बेला चितुवाले किशोरीमाथि आक्रमण गरी घिसारेर लगेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी