SHARE
काठमाण्डुपाटी · मङगलबार ९ मंिर २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

सुनकोशी–मरिण आयोजना रोकिए मधेसमा आन्दोलन हुन्छ : मनिष झा

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेसमा आन्दोलन हुन सक्ने चेतावनी दिएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले मधेसका लागि महत्वपूर्ण रहेको उक्त आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्। उनले आयोजना रद्द भए मधेसका जनता आन्दोलनमा उत्रिनुको विकल्प नरहने बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी