SHARE
पर्दाफास · मङगलबार ९ मंिर २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

सुनकोसी मरिण आयोजनाको ठेक्का रद्दका कागजात सात दिनभित्र उपलब्ध गराउन लेखा समितिको निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । मंगलबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । ठेक्का रद्दबारे समितिमा उजुरी परेको थियो ।