SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

अयोध्याबाट जनकपुरधाम आइपुग्यो सरयू कमला एक्सप्रेस, मुख्यमन्त्री र मन्त्रीहरूले गरे स्वागत

जनकपुरधाम : प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेको ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा जनकपुरधाम आइपुगेको छ । ६ सय ४ किलोमिटर दूरी तय गर्ने साप्ताहिक रेलले बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोडिएको छ । भारत उत्तरप्रदेशको अयोध्या–मनकापुर,बस्ती, गोरखपुर हुँदै विहारको नरकटियागन्ज, रक्सौल, सितामढी, सिसो, मधुवनी, जयनगर हुँदै जनकपुरधामलाई जोड्नेछ।