झोलुंगेपुल र वैकल्पिक मार्गले दियो राहत
नुवाकोट : भोटेकोशी बाढीले नुवाकोटमा विभिन्न पक्की पुल ध्वस्त पारेपछि तहसनहस बनेको जनजीवन र यातायात सम्पर्क झन्डै तीन महिनापछि क्रमश: पुनस्र्थापना हुन थालेको छ। विनाशकारी बाढीले त्रिशूली नदी आसपासका बस्ती, सडक र पुलहरूमा क्षति पुर्याउँदा विच्छेद भएको दुई किनारबीचको सम्पर्क जोड्न अहिले वैकल्पिक संरचना निर्माण र मर्मतका काम तीव्र पारिएको छ।