हसिनाले घोषणा गरिन् स्वदेश फर्कने मिति, मृत्युदण्डको सजाय के होला ?
काठमाडौं : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गरेकी छन्। तर,मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी उनी फर्किएमा पक्राउ पर्ने र जेल चलान हुने सम्भावना छ ।विद्यार्थी नेतृत्वको जनविद्रोहले १५ वर्ष लामो शासन अन्त्य गरेपछि हसिना सन् २०२४ अगस्ट ५ मा भारत गएकी थिइन्। उनीमाथि प्रदर्शनका क्रममा सयौं मानिस मारिएको घटनामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको थियो ।