SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

अमेरिकाले इरानी कम्पनीहरू र एक्सचेन्ज हाउसहरूमाथि लगायो प्रतिबन्ध

काठमाडौं : अमेरिकी अर्थ मन्त्रालयले धेरै इरानी व्यक्ति र संस्थाहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ। मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको सूचीमा दुई दर्जनको नाम समावेश छ। जसमा नौ इरानी नागरिक , तेहरान र दुबईमा रहेका कम्पनीहरू समावेश छन्।यी प्रतिबन्धहरू इरानको विश्वव्यापी छायाँ बैंकिङ नेटवर्कलाई रोक्नको लागि गरिएको ठूलो प्रयासको एक हिस्सा भएको अमेरिकी अर्थ मन्त्रालयले विज्ञप्तिमा भनेको छ।