SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

संविधान संशोधनका क्षेत्रहरू

नेपालको संविधान, २०७२ प्रयोगमा आएको बाह्रवर्षे अवधिलाई फर्केर हेर्नुपर्ने बेला आएको छ। संविधान प्रयोगको यो छोटो अवधिमा हामीले के पायौं, के गुमायौं र अब के गर्दा मुलुकको उन्नति एवं नागरिकमा शान्ति, समृद्धि र सन्तुष्टि मिल्छ ? अहिलेको संविधान संशोधनको मुख्य बहस नै यही बन्नुपर्छ। यही सन्दर्भमा यतिबेला नेपालको संविधान संशोधनका विषयमाथि चर्चा हुन थालेको छ।संविधानका आधारभूत संरचनामा दक्खल नपुग्ने गरी संविधान संशोधन गर्न सकिन्छ।