SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

सरकारलाई गगनको चुनौती- मलाई पक्राउ गर्न खाली हात नआउनू, हतकडी लिएर आउनू

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई पक्राउ गर्न आउने हो भने खाली हात नभई हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्।सरकारका कुनै पनि व्यक्तिले आफूहरूलाई तर्साउन खोजेको भए गलत पार्टी र गलत मान्छे छानेको उनको भनाइ छ। पार्टी कार्यालयमा आयोजित केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति थापाले सरकारले प्रतिपक्षीको आवाज दबाउन खोजे त्यसको सशक्त प्रतिवाद गर्ने बताए।सरकारका कामकारबाहीमाथि प्रश्न उठाउँदै थापाले आफूहरू रास्वपाका कुनै पनि समस्यामा नपस्ने स्पष्ट पारे।