SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

काभ्रेको पर्यटकीयस्थल नमोबुद्धमा विशेष मेला

काठमाडौं : काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा मंगलबार नमोबुद्ध मेला लागेको छ।हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन यहाँ नमोबुद्ध मेलाका साथै जात्रा लाग्ने गर्दछ। जात्रामा दिवङ्गत आत्माहरूको स्मरणमा दीप प्रज्वलन तथा पूजाआजा गर्ने गरिन्छ। देशका विभिन्न जिल्लासँगै अन्य देशबाट समेत बौद्ध धर्मावलम्बीहरू जात्रामा आउने गर्छन्।