SHARE
पर्दाफास · मङगलबार ९ मंिर २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

विपद्को पूर्वसूचना दिन नेपालमा ‘सेल ब्रोडकास्ट प्रणाली’ को परीक्षण सफल

विपद्को समयमा नागरिकहरूलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना उपलब्ध गराउने मुख्य उद्देश्यसहित नेपालमा ‘सेल ब्रोडकास्ट प्रणाली’ को प्रारम्भिक प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। सोमबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, गृह मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको संयुक्त समन्वयमा नेपाल टेलिकमले नियन्त्रित वातावरणमा उक्त प्रणालीको परीक्षण गरेको हो।