SHARE
पर्दाफास · मङगलबार ९ मंिर २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

डिसेम्बर १६ मा स्वदेश फर्किदै शेख हसिना, बंगलादेश सरकारसँग मागिन राष्ट्रिय ध्वजावाहक विमान

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने इच्छा व्यक्त गरेकी छन् । उनले आफ्नो स्वदेश फिर्तीका लागि दिल्लीबाट बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्समार्फत हवाई यात्रा र आवश्यक कागजातको व्यवस्था मिलाउन ढाकास्थित सरकारसँग आग्रह गरेकी छन् ।