SHARE
पर्दाफास · मङगलबार ९ मंिर २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

सुनकोशी–मरिण आयोजना अघि बढाउन पुनः बोलपत्र आह्वान गर्ने तयारी, लागत घट्न सक्ने मन्त्रालयको दाबी

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम जतिसक्दो छिटो अघि बढाउन पुनः बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । आयोजनामा ठेकेदार छनोट प्रक्रिया अघि बढाउन बोलपत्रसम्बन्धी कागजात तथा मूल्यांकन विधिलाई अद्यावधिक गर्ने काम भइरहेको मन्त्रालयले जनाएको हो ।