SHARE
पर्दाफास · मङगलबार ९ मंिर २०८३ ०१:४८ AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने कार्यावाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा आगामी स्थानीय तह निर्वाचन केन्द्रित अभियान ‘हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूका विचार र सुझाव लिइने बुझिएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।