भारतसँग के–के सहमति भयो ? परराष्ट्रमन्त्रीले सुनाए भ्रमणका उपलब्धि
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण बहुआयामिक रूपमा सफल र उपलब्धिमूलक भएको बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री साहको दुईदिने राजकीय भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी दिँदै मन्त्री खनालले भ्रमणका क्रममा पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार तथा सीमापार सम्पर्क सञ्जाललगायतका क्षेत्रमा महत्त्वपूर्ण सहमति भएको बताए ।