SHARE
पर्दाफास · सोमबार ८ मंिर २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डीबी सुनारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ आयामबाट परिभाषित गर्न महत्वपूर्ण सन्देश दिने बताएका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमणबारे धारणा राख्दै उनले नेपाल–भारत सम्बन्धमा अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिकाबारे उठ्ने प्रश्न र आरोपहरूलाई चिर्न भ्रमण महत्वपूर्ण हुने बताए ।