दुई दिने भ्रमण सकेर भारतबाट स्वदेश फर्किए प्रधानमन्त्री बालेन
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भारत भ्रमण सम्पन्न गरी सोमबार अपराह्न स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन्।