SHARE
पर्दाफास · सोमबार ८ मंिर २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

अयोध्या–जनकपुरधाम आउँदै सरयू–कमला एक्सप्रेस, यस्तो छ स्वागतको तयारी

भारतको अयोध्याबाट धनुषाको जनकपुरधामसम्म चल्ने सरयू–कमला एक्सप्रेस ट्रेन(रेल)को आज (सोमबार) औपचारिक रुपमा उद्घाटन भएको छ । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग हरियो झण्डा हल्लाएर उक्त ट्रेन सञ्चालनको उद्घाटन गरेका छन् । ट्रेन ११०० यात्रुसहित अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको छ ।