SHARE
पर्दाफास · सोमबार ८ मंिर २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनले गरे महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन्। आज बिहान राजघाटस्थित गान्धीको समाधीस्थल पुगी प्रधानमन्त्री बालेनले पुष्पहार अर्पण गरेका हुन्। समाधीस्थलबाट फर्केपछि प्रधानमन्त्री बालेन र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ। भेटमा केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्री बालेनले सम्बोधन गर्नेछन्।