बाढी र पहिरोका कारण दुई स्थानमा सडक अवरुद्ध, घोप्टेभिरमा दैनिक पाँच घण्टा आवागमन बन्द
विपद्का कारण देशका दुई स्थानमा सडक तथा पुलमा आवागमन प्रभावित भएको छ । प्रहरीले सार्वजनिक गरेको सोमबार बिहान ६ बजेसम्मको विवरणअनुसार चितवनको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभिरमा सुख्खा पहिरो खसेपछि जोखिमयुक्त ढुङ्गा तथा माटो हटाउने काम भइरहेको छ ।