SHARE
पर्दाफास · आइबार​ ७ मंिर २०८३ ०३:१९ PM · 1 मिनेट पढाइ

घोप्टेभिरको जोखिमपूर्ण पहिरो काट्न थालियो, दैनिक ५ घण्टा सडक बन्द

मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु गरिएको छ । शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थालिएको हो । नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गा तर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्‍याइएको थियो ।