भारतीय विदेश मन्त्रीले प्रधानमन्त्री बालेनसँग आजै भेटवार्ता गर्ने
प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह आइतबार अपराह्न नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्।