मलेसिया स्वास्थ्य परीक्षण अनियमितता : छानबिनको दायरामा परेनन् निर्णयकर्ता
काठमाडौं : मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको आर्थिक अनियमिततामाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको छ। तर, विवादको जड बनेको प्रणाली भित्र्याउने र वर्षौंसम्म निरन्तरता दिने नीतिगत निर्णयकर्ताहरूको भूमिकामाथि भने पर्याप्त छानबिन हुन सकेको छैन।