‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढिसक्यो’
काठमाडौं : नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवा हुने प्रक्रिया अघि बढेको छ।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का उच्चपदस्थ पदाधिकारीसँगको छलफल सकारात्मक भएको र निलम्बन फुकुवाका लागि फिफा आफैंले प्रक्रिया अगाडि बढाउने बताएका छन्।