एनपीएल-३ को उत्कृष्ट खेलाडी बने रिजन ढकाल, जिते ओमोडाको कार
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का उत्कृष्ट नेपाली खेलाडी घोषित भएका रिजन ढकालले ओमोडाको कार जितेका छन् । चितवन राइनाेजका खेलाडी रिजनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै उक्त उपाधि जितेका हुन्। उनले प्रतियोगिताका क्रममा कुल १७ विकेट लिएका थिए।