काठमाडौँको ट्राफिक सुधार्न एआई क्यामेरा जडान गर्ने तयारी
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि आयोजित नागरिक सुनुवाइमा जेब्रा क्रसिङमा सवारीसाधन नरोक्ने, सार्वजनिक यातायातमा महिला यात्रुमाथि दुर्व्यवहार हुने तथा विद्यालय क्षेत्रमा ध्वनि प्रदूषण हुने गरी मोटरसाइकल चलाउने गरिएको गुनासो गरिएको छ ।