SHARE
अन्नपूर्ण · शनिबार ६ मंिर २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

रुरु क्षेत्रधाम रिडीमा बढ्दै धार्मिक गतिविधि

तानसेन : नेपालको चारधामका रूपमा रहेको पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा आज भगवान् हृषिकेशको भव्य रथयात्रा आयोजना गरिएको छ ।ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रुरु क्षेत्रधाममा प्रत्येक वर्ष कात्तिक शुक्ल पक्ष हरिबोधिनी एकादशीको अर्को दिन अर्थात् द्वादशीका दिन भगवान् हृषिकेशको रथयात्रा निकाल्ने परम्परा रहँदै आएको छ ।