SHARE
अन्नपूर्ण · शनिबार ६ मंिर २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

सार्वजनिक स्कुलको बस व्यक्तिको नाममा, इन्जिनमा टाँचा नहुँदा ट्राफिकको नियन्त्रणमा

नवलपुर : कावासोती-१४ त्रिभुवनटारस्थित जनता माध्यमिक विद्यालयको बस खरिद तथा सञ्चालन प्रक्रिया विवादमा तानिएको छ। विद्यालयले २०७८ सालमा ६ लाख ८० हजार रुपैयाँ खर्च गरी खरिद गरेको ग ०४–००१ ख ००५० नम्बरको बस विद्यालयको नाममा नभई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीला भण्डारीको व्यक्तिगत नाममा दर्ता भएको पाइएपछि विवाद सुरु भएको हो।