SHARE
पर्दाफास · शनिबार ६ मंिर २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

एमसीसीअन्तर्गत ९० किलोमिटर प्रसारण लाइन निर्माण सुरु, चार जिल्लामा २५० टावर बन्ने

एमसीए–नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ । एमसीए–नेपालले मंसिर ४ गतेदेखि तनहुँ र पाल्पा जिल्लाबाट प्रसारण लाइन निर्माणको काम प्रारम्भ गरेको हो । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइनमध्ये न्यू बुटवल–न्यू दमौली खण्ड ९० किलोमिटरको हुनेछ ।