SHARE
पर्दाफास · शनिबार ६ मंिर २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्दै, फिफा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी)का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किनुभएको उहाँले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिए ।