SHARE
पर्दाफास · शनिबार ६ मंिर २०८३ ०३:४६ AM · 1 मिनेट पढाइ

बेल्जियमस्थित नेपाली दूतावासले सुरु गर्‍यो अनलाइन कन्सुलर सेवा, घरबाटै दिन सकिनेछ आवेदन

बेल्जियमको ब्रसेल्सस्थित नेपाली दूतावासले अनलाइन कन्सुलर सेवा पोर्टल सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि सुरु भएको नयाँ प्रणालीमार्फत सेवाग्राहीले विभिन्न कन्सुलर सेवाका लागि अनलाइन आवेदन दिन, आवश्यक कागजात बुझाउन र आवेदनको अवस्थासमेत जानकारी लिन सक्ने भएका छन्।