SHARE
पर्दाफास · शनिबार ६ मंिर २०८३ ०१:१२ AM · 1 मिनेट पढाइ

आज देशभरको मौसम सफा

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।