SHARE
पर्दाफास · शनिबार ६ मंिर २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६६६ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६६६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत २९, रातोबत्तीमा १४ जना चालकलाई कारबाही गरिएको छ ।