ओलीको दाबी- एमाले हार्न जन्मिएको पार्टी होइन, छिट्टै सरकारको नेतृत्व गर्छौँ
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी हार्नका लागि जन्मिएको पार्टी नभएको भन्दै छिट्टै पुनः सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।