राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली, विशेष अदालतमा मुद्दा
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामबाबु प्रसाद चौधरीविरुद्ध आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।