SHARE
अन्नपूर्ण · बुधबार ३ मंिर २०८३ १०:०० PM · 1 मिनेट पढाइ

काठमाडौंमा चोरीका गरगहना र नगदसहित एक जना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका–८, जयबागेश्वरीस्थित एक घरमा भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बागमती प्रदेश–०२–०३६ प ४९७५ नम्बरको स्कुटरसहित ३२ वर्षीय दीपेश डंगोललाई पक्राउ गरेको हो।  प्रहरीले उनको कोठा खानतलासी गर्दा सुन तथा चाँदीजस्तो देखिने विभिन्न गरगहना, सिक्का, मूर्तिलगायतका सामानहरू बरामद गरेको छ।