SHARE
अन्नपूर्ण · बुधबार ३ मंिर २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

एमाले राष्ट्रिय भेला : महासचिव पोखेरेलले औंल्याएका एमालेमा १४ गम्भीर समस्या

काठमाडौं : नेकपा (एमाले) महासचिव शंकर पोखरेलले पार्टीको सङ्गठनात्मक जीवनका प्रमुख १४ समस्या औंल्याएका छन्। सङ्गठनात्मक क्षेत्रमा देखिएका ती प्रमुख समस्यालाई समाधानका लागि १४ सुत्रबद्ध सुझावसहित बन्दससत्रमा महासचिव पोखरेलले कार्यपत्र पेश गरेका हुन्। पार्टीको सङ्गठनात्मक संरचना व्यापक र अनुभवी कार्यकर्ताको पङ्क्ति ठूलो भए पनि जनताको दैनिक जीवनसँग पार्टीको सम्बन्ध धेरै ठाउँमा कमजोर बनेको उनले बताए।